Logo

मेलम्चीमा फेरि बाढी, स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह 



सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार रातिको बाढीले ठूलो क्षति पुर्‍याएको छ । सोमबारदेखिको अविरल वर्षाका कारण नदीमा पहिरो खस्दा नदीमा पानीको बहाव बढ्दै गएर बस्तीमा पसेको हो । मेलम्चीमा आएको बाढीले बस्ती डुबान गरेको छ भने सातजनाको मृत्यु भएको छ भने करिब २५ जनाभन्दा बढी बेपत्ता भएका छन् । 

उद्धार र राहतको क्रम चलिरहेको समयमा फेरि मेलम्चीमा बाढी आउन थालेको छ । मेलम्चीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ जान आग्रह गरिरहेका छन् । मेलम्चीको नदीमा एक्कासि पानीको बहाव बढेपछि सुरक्षाकर्मीले सर्वसाधारणलाई बजार खाली गरेर सुरक्षित ठाउँतर्फ जान चेतावनी दिएका हुन् ।

मंगलबार राति आएको बाढी बिस्तारै घट्दै गर्दा डुबानमा परेका आफ्ना सामान हेर्न घरतर्फ प्रवेश गरेका स्थानीय फेरि त्रसित बनेका छन् । तल्लो बजार क्षेत्रमा घर भएका स्थानीय अहिले माथिल्लो डाँडातिर भाग्न थालेका छन् ।  यसैबीच चनौटे बजारमा दुई वटा शव फेला परेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १४:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।