Logo

माधव समूहले गर्‍यो झलनाथको स्वास्थ्यलाभ कामना



काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर खनालको स्वास्थ्यलाभको कामना गरिएको हो ।

खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि दिल्ली लगिएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेर खनालको स्वास्थ्यलाभको कामना गरेका छन् ।

बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्यलाभको कामना गर्ने निर्णयसमेत गरेको छ । 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।