Logo

आजको तस्बिर

अनमानगर फूटपाथ प्रयोगमा नआउँदै प्वालैप्वाल, सवारीसाधनको कब्जा



अनामनगरमा पैदलयात्रुका लागि बनाइएको फूटपाथ निर्माण सम्पन्‍न नहुँदै भत्किन थालेको छ । लामो समय धूलोमैलो उडाएर स्थानीय र यात्रुहरुलाई सास्ती दिएर निर्माण गरिएको फूटपाथ निर्माण नसकिँदै भत्किएको हो । लामो समयको लकडाउनको कारणले यात्रुहरु हिँड्न नपाएको उक्त फूटपाथ लकडाउन नखुल्दै हिँड्न नमिल्ने अवस्थामा पुगेको छ । बीचमा दृष्टिबिहीनहरुका लागि सेतो छडी सूचक संकेत राखिएको भए पनि ठाउँ-ठाउँमा परेका खाल्डाहरुले त्यस्ता सूचकलाई समेत बेकामे बनाएका छन् । 

निर्माण नसकिँदै फूटपाथ भत्किएको बारेमा काठमाडौं महानगरपालिकाका इन्जिनियर रामबहादुर थापासँग प्रतिक्रिया माग्दा मेलम्चीको पानी चुहावटले यस्तो समस्या ल्याएको बताए । हतार-हतार गरेर पुरानै पाइपमा पानी छोडिएकोले पाइप फूटेर फूटपाथ भत्किएको इन्जिनियर थापाको भनाइ छ । पाइपबाट पानी चुहिने र ढलको समस्याको असरले सडकमा समस्या आएको भनाइ थापाको छ ।

यो समस्या अनामनगरको मात्र होइन, छाउनी, बालाजुमा र घट्टेकुलोमा पनि देखिएको उनले जानकारी दिए । “मेलम्ची आयोजना हतार गरेर पुरानै पाइपमा पानी छोडिँदा समस्या आयो । आयोजनाको तर्फबाट चाँडै निर्माण गर्ने कुरा आएको छ । हामी समस्या समाधान गर्छौ,” इन्जिनियर थापाले भने । 

Street 6.jpg

सवारी चालकको कब्जामा फूटपाथ

निर्माण नसकिँदै भत्किन थालेको अनामनगरको फूटपाथ लामो समयदेखि पार्किङस्थलको रुपमा सवारी चालकहरुको कब्जामा परेको छ । त्यस क्षेत्रमा काम विशेषले जाने चालकहरुले जथाभावी पार्किङ गर्नाले उक्त क्षेत्रको फूटपाथ पार्किङस्थलमा परिणत भएको हो । निषेधाज्ञाको कारण सडक खाली भएको बेला फूटपाथमा भने भरिभराउ सवारी देखिएका हुन् ।

बीचबीचमा परेका प्वालका कारण पैदलयात्रुहरु हिँड्न अप्ठ्यारो हुने उक्त फूटपाथमा जथाभावी रोकिएका थरीथरीका सवारी साधनले झन् पूरै अवरोध गरेका छन् । कार, ट्याक्सी, भ्यान र मोटरसाइकलले पूरै फूटपाथ ओगटेर पैदलयात्रुहरुलाई आवतजावतमा अवरोध गरेका छन् ।

फूटपाथमा अवरोधको बारेमा महानगरपालिकाका इन्जिनियर थापासँग जिज्ञासा राख्दा निषेधाज्ञामा खोलिएका कार्यालयका सवारीहरु त्यहाँ रोकिएको पाएको बताए । महानगरपालिकाले धोवीखोलाको छेउछाउमा पार्किङस्थल बनाउनेबारे छलफल चलिरहेको बताउँदै थापाले फूटपाथ चाँडै खाली गराउनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । 

Street 8.jpg

फूटपाथमा सवारी साधन रोकेर अवरोध गरिएको बारे महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एएसएसपी जनक भट्टराईसँग बुझ्दा निषेधाज्ञामा जनशक्ति अन्यत्र खटाउनु परेकोले त्यस ठाउँको अनुगमन हुन नसकेको बताए । 

“अन्यत्र खटाउनु परेको छ । हरेक ठाउँमा त जनशक्ति पुर्‍याउन सकिँदैन नि । निषेधाज्ञाले गर्दा नभ्याइएको हो । केही दिनभित्रका फूटपाथ खाली गर्छौं,” उनले भने ।  

अनामनगरको फूटपाथमा अनलाइनपाना डटकमका फोटो पत्रकार सञ्जिव मानन्धरले खिचेका तस्बिरहरु :

Street 3.jpgStreet 5.jpgStreet 4.jpgStreet 8.jpgStreet 7.jpgStreet 10.jpgStreet 9.jpgStreet 12.jpgStreet 11.jpgStreet.jpgStreet 13.jpgStreet 9.jpgStreet 4.jpg

 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।