Logo

गण्डकी प्रदेश

घाेराहीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ



घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा स्यानाकुमारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए। आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ०८:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।