Logo

आजको तस्बिर

बाढीपहिरो पीडितको पीडामा सेनाको मल्हम, यसरी गर्‍याे उद्धार (फाेटाे फिचरसहित)



नेपाली सेना बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ।  सेनोले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री  हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ।Nepal army flood (5).jpg

बाढीका कारण भत्किएका÷पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। काभ्रेपलाञ्चोक तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खटिएको टोलीले एक नेपाली र ३ चिनियाँको उद्धार गरेको जनाइएको छ।Nepal army flood (4).jpg

मनाङको चामेस्थित सिरनतालबाट २४  र थोंचेबाट ११  बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा पु¥याइएको छ । म्याग्दीको मंगला गाउँपालिका–४ मा पहिरामा पुरिएर सिकिस्त घाइते भीमकला बुढा मगरलाई थप उपचारका लागि हेलिकप्टरद्वारा पोखरा ल्याइएको सेनाले जनाएको छ ।   

सल्यानको शारदा नगरपालिका–६ बरलास्थित शारदा खोलाको वहाव बढेपछि खेतमा काम गरिरहेका किसान फसेको हुंँदा खोला पार गर्न पनि सेनाले सहयोग गरेको छ । मुस्ताङको घबरजंग गाउँपालिका–५ र गुल्मीको रेसुङ्गा नगरपालिका–२ का बासिन्दाका घरमा पहिराले क्षति पु¥याएकामा सेनाले उद्धार गरेको थियो ।Nepal army flood (3).jpg

कास्कीको मादी गाउँपालिका–२ मा निर्माणाधीन सुपरमादी जलविद्युत् आयोजनाको  कलबन्दीमा सुरुङ्ग निर्माणमा संलग्न अलपत्र परेका १६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु-याउन सहयोग गरिएको निर्देशनालयले जनाएको छ। तस्बिरहरु : रासस

Nepal army flood (1).jpg

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ०९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।