Logo

अब टिकटकमा ३ मिनेटसम्मको भिडियो राख्न पाइने



टिकटक संसारभर लोकप्रिय एपमध्येको एक हो । यसको लोकप्रियता नेपालमा पनि बढ्दो छ । धेरै जनाले यही माध्यमबाट आफ्नो प्रतिभा देखाउन पाएका छन् ।

मनोरञ्जन क्षेत्रमा समेत धेरै मोडलहरू यही प्ल्याटफर्ममार्फत् भित्रिएका छन् । दिनानुदिन कलादेखि व्यवसायसम्मका प्रचारको माध्यमसमेत बन्दैछ टिकटक ।

यहीबीच यसमा एउटा फिचरसमेत थपिएको छ ।  सुरुवातमा यसमा जम्मा १५ सेकेन्डको भिडियो अपलोड गर्न मिल्थ्यो । तर लोकप्रियता बढेसँगै यसको समयावधि बढाएर एक मिनेट पुर्‍याइयो । पछिल्लो पटक भने ३ मिनेटसम्मको भिडियो राख्ने सुविधा यसले दिएको छ ।

सामान्य मानिसको पहुँचमा समेत रहेको यो एपको बढेको समयले प्रयोगकर्ता खुसी छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।