Logo

समाचार

अफगान सेनाको कारबाहीमा १० तालिबानी लडाकूको मृत्यु



अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक दश जना तालिबानी लडाकू मारिएका छन् ।

अफगान सेनाले कारबाहीमा अरु छ जना लडाकू घाइते भएको पुष्टि गरेको छ । राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार बेलुका कारबाही गरिएको सेनाले जनाएको छ ।

सेनाले प्रकाशन गरेको विज्ञप्तिमा वार्डुक प्रान्तको निर्ख जिल्लामा भेला हुन थालेका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले आक्रमण गरेको उल्लेख छ ।

गत मे महिनामा भिषण संघर्षपछि निर्ख र त्यसको छिमेकी जलरेज जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएका थिए । तालिबान समूहले पछिल्लो भिडन्तका बारेमा केही बताएका छैनन् ।

संयुक्तराज्य अमेरिका र नेटोका सेनाहरु अफगानिस्तानबाट फिर्ता हुँदै गर्दा देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १४:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।