Logo

समाचार

 संयुक्त राष्ट्र संघको महासचिवमा गुटेरस दोस्रो कार्यकालका लागि फेरि नियुक्त 



संयुक्त राष्ट्र संघको महासचिवमा एन्टोनियनो गुटेरस दोस्रो कार्यकालका लागि फेरि नियुक्त भएका छन् । १९३ सदस्यी राष्ट्र संघको महासभाले शुक्रबार गुटेरसलाई दोस्रो कार्यकालका लागि फेरि नियुक्त गरेको हो । 

गुटेरेसको आगामी पाँच वर्षीय कार्यकाल सन् २०२२ को जनवरी १ देखि सुरु हुने भएको छ । राष्ट्रसंघको ७५ औं महासभाका प्रमुख भोल्कान बाजकिरले गुटेरस पुन:नियुक्त भएको घोषणा गरेका हुन् । उनले अर्को कार्यकाल २०२६ डिसेम्बरमा सकिने छ । 

भोल्कानले ७२ वर्षीय गुटेरसलाई आगामी कार्यकालका लागि शपथ ग्रहण गराएका हुन् ।

गुटेरसले १ जनवरी २०१७ मा आफ्नो पहिलो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२१ सम्ममा सकिने भएको छ । गुटेरस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीका रूपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रूपमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १८:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।