Logo

मेलम्चीमा फेरी भिषण बाढी आयो, माईकिङ गरेर सतर्कताको आग्रह



विगत केही दिनदेखी बाढीको चपेटामा परेका मेलम्चीवासीमा फेरी सोही चपेटा दोहोरिएको छ । शुक्रबार दिउसोदेखि सो क्षेत्रमा पुन बाढी आएको हो ।
मेलम्चीमा पुन बाढी आएपछि प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सर्न सूचना दिएको छ ।

वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको बुझिएको छ । उक्त क्षेत्रमा अघिल्लो दिनको तुलनामा केही बढी मात्रामा बाढी आएपनि पहिलो दिनको भन्दा अलि कम छ । मेलम्ची क्षेत्रमा पानी खासै ठूलो नपरेपनि बाढीको मात्रा बढेको छ । 

हेलम्बु क्षेत्रमा बाढीको प्रभावबारे विस्तृत बिवरण आउन बाँकी रहेको छ । ३ दिन अघि मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीले हेलम्बु तथा मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

यसैबीच बाढी पूर्वानुमान शाखाले भोटेकोशीको बाढीले नदीसतह पार गरेको जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भोटेकोशी नदीको बाढीले खतराको तह पार गरेको संकेत गर्दै सर्तक रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ०७:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।