Logo

सिन्धुपाल्चोकमा अर्को विनाश, बाढीले प्रहरी कार्यालय नै ढाल्यो



सिन्धुपाल्चोकमा बाढीको विनाश अझै रोकिन सकेको छैन । मेलम्ची बजारमा ठूलो धनजनको क्षति गराएर पनि बाढी रोकिएको छैन । गएराति मेलम्ची खोलामा आएको बाढीले हेलम्बु इलाका प्रहरी कार्यालयको तीन तले भवन ढलाएको छ । प्रहरीले पहिले नै उक्त भवन छोडिसकेकोले मानवीय क्षति भने हुन पाएन ।

बाढीले क्षति पुर्‍र्याउदै आएको ४ दिन बित्दासमेत सरकारको मुख देख्न नपाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । गत असार १ गतेदेखि मेलम्ची खोलामा निरन्तर बाढी आइरहेको छ । सो बाढीले दर्जनौ व्यक्ति बेपत्ता पारेको छ भने भौतिक संरचना तथा खेतीयोग्य जमिन तहसनहस पारेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ११:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।