Logo

चीनमा फेरि देखयो ३० जनामा कोरोना संक्रमण, विमानस्थलमा कडाइ



चीनमा लामो समयपछि फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनको दक्षिणी क्षेत्रमा रहेको गोआन्जोङ प्रान्तमा शुक्रबार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यसअघि बिहीबार २३ जना संक्रमित फेला परेको चिनियाँ नेशनल हेल्थ कमिसनले जनाएको छ । 

नयाँ देखिएका संक्रमितमध्ये ६ जनाको कुनै ट्राभल हिस्ट्री छैन भने भने अन्य २४ जनाको ट्राभल हिस्ट्री देखिएको छ । फेरि कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको सेन्जेन विमानस्थलमा कडाइ गरिएको छ । 

सेन्जेन विमास्थल अवतरण गर्नेहरुले ४५ घण्टाको कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्ने भएको छ । विमानस्थलले शनिबार विच्याटमार्फत एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम रहेकोले  ४८ घण्टाको कोरोना संक्रमण नभएको रिपोर्ट देखाउनुपर्ने जनाएको हो । 

त्यसैगरि फोशन सादी विमानस्थलका सम्पूर्ण उडानहरु रद्द गरिएका छन् । फोसानमा जुन २२ देखि सम्पूर्ण उडानहरु रद्द गरिएको फोसन नगर सरकारको सूचना कार्यालयले जनाएको छ । 

चीनमा २५ दिनअघि ४२ जना लक्षण नभएका संक्रमितहरु फेला परेका थिए । चीनमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ९१ हजार ५६४ पुगेको छ भने मृत्यु हुनेको संख्या चार हजार ६३६ पुगेको छ । सन् २०१९ को डिसेम्बरको अन्तिममा वुहानबाट कोरोनाको प्रकोप सुरु भएको थियो । – रोयटर्स

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १२:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।