Logo

बाढी पहिरोले देशभरका १७ वटा राजमार्ग अवरुद्ध, कहाँ-कहाँ छ अवरोध ? (सूची)



बर्खा सुरु भएसँगै आएको वर्षाका कारण देशभरका विभिन्‍न स्थानमा बाढी तथा पहिरो गएको छ । बाढी, पहिरोले गर्दा देशभरका विभिन्‍न ठाउँमा राजमार्गहरु अवरुद्ध रहेका छन् । बाढी तथा पहिरोका कारण १७ वटा राजमार्गहरु अवरुद्ध रहेका छन् । लगातारको पानीले पहिरो जाँदा विभिन्न राजमार्गमा पर्ने १७ ठाउँका सडक बन्द छन् भने १८ वटा सडक भने मर्मतपछि एकतर्फी खुलेको छ । यस्तै, ७ वटा सडक दुईतर्फी नै खुलेको छ ।

साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड र हड्डेखोला, डुम्रे–बेंसीसहर–चामे सडक खण्ड अन्तर्गत मनाङको तिमाङ छहरा, पाँचखाल–मेलम्ची टिम्बु सडकमा पर्ने सिन्धुपाल्चोकको मेलम्ची बजार, अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल, खोड्पे चैनपुर सडकमा पर्ने बझाङको कचाली र तमैल सडक अझै पनि बन्द छ ।

त्यस्तै, दैलेखको बान्द्रे, डुम्रे–बेंसीसहर–चामे सडकमा पर्ने तिमाङखोला, धारापानी र बगरछाप, डुम्रे–बेंसीसहर–चामे सडकमै पर्ने लमजुङको रामबजार, अर्खरे, च्याम्चे, खरखरे र घट्टेखोला सडक पनि बन्द छ ।

त्यस्तै, बालाजु–त्रिशूली–धुन्चे–स्याब्रुबेंसी सडकमा पर्ने र रसुवाको स्याब्रुबेंसी, मैलुङ–स्याब्रुबेंसी सडकमा पर्ने रसुवाको त्रिशूली खोलाको सडक बन्द रहेको छ । यी राजमार्ग अन्तर्गत पर्ने सडक खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंलाई चाहिएको राजमार्गको अवस्थाबारे जान्‍न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १५:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।