Logo

गण्डकी प्रदेश

प्रदेश ५ को राजधानी देउखुरी भएको खुसीयालीमा दाङमा दीप प्रज्वलन



प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने निर्णय गरेसँगै जिल्लामा खुसीयाली छाएको छ । विभिन्न स्थानमा बाजागाजासहित नाचगान गर्नुका साथै दीप प्रज्वलन गरी प्रदेश राजधानीको स्वागत गरिएको छ ।

जिल्लाका प्रमुख बजार भालुवाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलिया लगायतका ठाउँमा मंगलबार  बेलुका दिपावली गरिएको हो।

3-768x478-1.png

मंगलबार प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाइ बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरिएको थियो।

तुलसीपुरको बीपी चोकमा मंगलबार साँझ नेपाली कांग्रेस क्षेत्र नं. ३ ले दिपावली गरेको छ। यसैगरी दाङ प्रादेशिक राजधानी सरोकार समितिले घोराहीमा बाजागाजासहित प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार २३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।