Logo

महाकाली नदीको जलसतह खतरा तह नजिक, सतर्कता अपनाउन आग्रह



महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी खतरा तह नजिक पुगेको र महाकाली नदी जलाधारमा थप वर्षा हुने पूर्वानुमान भएकाले महाकाली नदी तल्लो तटीय क्षेत्रका डुबान भइरहने होचा स्थानमा हुनेहरूले भोलि बिहान सम्मै सतर्कता अपनाउन नेपाल बाढि सूचनाले ट्विटरमार्फत जनाएको छ । 

यसैगरी स्थानीय प्रशासनले नदीछेउछाउमा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले सूचना जारी गर्दै नदीमा पानीको मात्रा नघटेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । मनसुन जारी रहेकाले अहिले नै कम भयो भन्दै नदी किनारतिर काठ निकाल्न, बालुवा झिक्न र माछा मार्ने काम नगर्न नगराउन प्रजिअ जोशीले आग्रह गरेका छन् । शुक्रबार महाकाली नदी नियन्त्रण आयोजनाको बङ्गाबगड क्षेत्रको निर्माणाधीन तडबन्ध माथि नदी पुगेको थियो । महाकाली नदी निर्माणाधीन तटबन्धमा पुगे पनि क्षति नभएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए । 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।