Logo

आज भारी वर्षाकाे सम्भावना कति ?



आइतबार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भूँभाग नजिक मनसुनी न्युन चापिय रेखा  रहेकाले 

बिहान प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षा भएकाे छ।

दिउँसो देशभर बदली रहनेछ। देशका धेरै स्थानमा वर्षा हुने र त्यसमा पनि प्रदेश १, २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा को सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

महाशाखाका अनुसार साेमबार पनि देशभर पानी पर्नेछ। प्रदेश १, २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा को सम्भावना छ ।

मंगलबार देशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। ‘लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना छ,’ महाशाखाले भनेकाे छ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ०६:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।