Logo

विविध

मंगल ग्रहलाई ६ अक्टुबरमा नांगो आँखाले देख्न सकिने



मंगल ग्रहलाई ६ अक्टुबरमा नांगो आँखाले देख्न सकिने नासाले जनाएको छ । मंगल ग्रह उक्त दिन पृथ्वीको एक्दमै नजिक हुने हुँदा नांगो आँखाले देख्न सकिने बताइएको छ।

नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक आउने खगोलीय घटना प्रत्येक दुई वर्ष लगभग २६ महिनामा एक पटक हुने गर्छ । यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी दुबै एक दोस्रोको नजिक डिसेम्बरको नजिक सन २०२२ भन्दा अगाडि आउँदैन ।

यद्यपि नजिकै आउने समयमा पनि पृथ्वीबाट मंगल ग्रहको दूरी ३८.६ मिलियन माईल हुनेछ। सन २००३ मा मंगल ग्रह पृथ्वीबाट ३४.८ मिलियन माईलको दूरीसम्म पुगेको थियो ५९,६१९ वर्षमा सबैभन्दा नजिक थियो । अब २२८७ वर्षसम्म यो दोब्बर पृथ्वीको त्यती नजिक आउने छैन ।

यस घटनालाई खगोल विज्ञानमा ‘मार्स क्लोज अप्रोच’ भनिन्छ। जब कुनै मंगल ग्रहको नजीकको घटना घट्छ, उक्त समयमा अफवाहहरू प्रायः फैलिन्छन् । मंगल ग्रह रातमा चन्द्रमा जत्तिकै ठूलो देखिने भन्ने गरिन्छ , तर त्यो सत्य भने नहुने जनाइएको छ।

प्रकाशित मिति : आश्विन २०, २०७७ मंगलबार  ११ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।