सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ४ लाख ५० हजार कित्ता बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ३ लाख कित्ता मध्ये (५५ इकाई ऋणपत्र सामूहिक लगानी कोषका लागि समेत बाँडफाँड गरिएको समेत) सर्वसाधारणका लागि बिक्री गरिने छ ।
बैंकले १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । जसमा वार्षिक ९ प्रतिशत ब्याजदर रहेको छ । बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।
लगानीकर्ताले उक्त ऋणपत्रमा आज असार ६ गतेदेखि छिटोमा असार ९ गते र ढिलामा असार २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी आइ आर डबल बि पल्स १’ रेटिङ दिएको छ ।















प्रतिक्रिया