Logo

झलनाथको स्वास्थ्य कति सुध्रियो ?



काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । 

उपचारमा संलग्न चिकित्सकलाई उदृद गर्दै खनालका स्वकीय सचिव कृष्ण भट्टराईले खनालको स्वास्थ्य क्रमिक सुधारोन्मुख रहेको बताए । ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको उनले बताए ।

‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । अहिले अक्सीजन सपोर्ट निकालेर उपचार थालिएको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्नेछ’, भट्टराईले भनेका छन् । आफूले पूर्वप्रधानमन्त्री खनालसँग भिडियो कुराकानी गरेको उनले बताए ।

प्रकाशित मिति : असार ६, २०७८ आईतबार  ३ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।