Logo

काठमाडौंमा एक साता निषेधाज्ञा थप, निजी सवारीसाधनमा जोर-बिजोर



काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारीसाधन भने जोर बिजोर प्रणालीमा चलाउन पाइने छ । यस्तै पसलहरु भने बार अनुसार  सञ्चालन गर्न दिइनेछ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।  

असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ ।  

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । 

प्रकाशित मिति : असार ६, २०७८ आईतबार  ५ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।