काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजी रु. १ अर्ब १२ करोडमध्ये स्थानीयका लागि १० प्रतिशतबापत रु. ११ लाख २० हजार कित्ता तथा सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ताबराबरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बिहीबार सगरमाथा जलविद्युतका तर्फबाट कम्पनीका अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागाईं र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा सगरमाथा जलविद्युतका प्रबन्ध सञ्चालक भूषण गुरागाईं तथा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर बासु थपलियाको उपस्थिति थियो ।
यो कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेठ ३२ गतेदेखि जलविद्युत उत्पादन सुरु गरिसकेको छ ।
आयोजनाले सतप्रतिशत क्षमतामा विद्युत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए ।





















प्रतिक्रिया