विश्वभर फैलिएको कोरोना भाइरसको कारणको सबै क्षेत्र अस्तव्यस्त बनेको बेला अति नै प्रभावित बनेन क्षेत्रमध्ये एक हो पर्यटकीय क्षेत्र । पर्यटनको आगमनलाई लक्षित गरी पूर्वाधार विकास सहित यति बेला पर्यटनको पर्खाइमा छ । कोरोना भाइरसको चपेटामा परेको विभिन्न पर्यटकीय क्षेत्र नै ठप्प छ । पर्यटकलाई घुमाएर प्राप्त हुने सेवा शुल्कबाट गुजारा गर्ने पर्यटक गाइडहरू अहिले कामविहीन छन्। पर्यटकीय रमणीय गन्तव्य पोखरा कोरोना भाइरसको मारमा परेको छ ।
पोखराको लेकसाइडमा यति बेला देशका विभिन्न सहरबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थी, टुरमा आउने सहकारीका, आमा समूहबाट भ्रमणमा आउनेको चहलपहल हुन्थ्यो। अन्नपूर्ण पदयात्रा क्षेत्रमा जाने आउने विदेशी पर्यटकले पनि पोखराको लेकसाइडमा चहलपहल सुरु भइसक्थ्यो। मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटक पनि आउन सुरु भइसक्थ्यो। पर्यटकलाई स्वागत गर्न व्यस्त रहने पोखराका पर्यटन व्यवसायी, पर्यटकलाई लिएर पदयात्रामा जाने मजदुरहरू अहिले फुर्सदिला भएका छन्।
पोखराको पातले छाँगो (डेभिज फल), गुप्तेश्वर गुफा, विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरो गुफा, विश्वशान्ति स्तूप, बेगनासतालमा यति बेला पर्यटकको चहलपहल भइसक्थ्यो। लेकसाइडमा रहेका पर्यटक लक्षित ठुला लगानीका रेस्टुरेन्ट अझै सबै सञ्चालनमा आएका छैनन्। सञ्चालन खर्च नै नउठ्ने भएपछि व्यवसायी पर्यटकको पर्खाइमा छन्।
महेन्द्र गुफा, चमेरो गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य हुन् । यी स्थानका अतिरिक्त रामसार सूचीमा सूचिकृत फेवातालसहित पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका वेगनाश, रुपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता तालले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ ।
माछापुच्छ्रेहिमालको छाया देखिने फेवातालका साथै दृश्यावलोकनका लागि सराङकोट, विश्वशान्ति स्तूपा, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट जस्ता धेरै स्थान पोखराका पर्यटकीय आकर्षण हुन् ।
तस्बिर : सञ्जय आचार्य ।







प्रतिक्रिया