भारतले आर्थिक वर्ष २०२०-२१ मा ३२२.१ मिलियन डलर (लगभग २,५०७ करोड रुपैयाँ) को बियरलगायत २.४७ लाख टन मदिरा र मदिराजन्य उत्पादनहरू निर्यात गरेको छ । वाणिज्य मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार मदिरा निर्यात गर्ने देशको सूचीमा संयुक्त अरब इमिरेट्स (युएई), घाना, सिङ्गापुर, कंगो र क्यामरुन रहेका छन् ।
बियर, ह्विस्कीको माग धेरै गुणा बढ्यो
बियर, वाइन, ह्वाइट वाइन, ब्रान्डी, ह्विस्की, रम र माल्टबाट बनेका जिन जस्ता भारतीय उत्पादनको माग विश्व बजारमा धेरै गुणा बढेको छ । कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (एपेडा) ले स्थानीय मदिराको सम्भाव्यताबारे जनचेतना जगाउन विभिन्न अन्तर्राष्ट्रिय व्यापार मेलामा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
भारतीय मदिरा उद्योगमा ठूलो वृद्धि
सन् २०१० देखि २०१७ सम्ममा भारतीय मदिरा उद्योग १४ प्रतिशतको वार्षिक दरले बढेको मन्त्रालयले जनाएको छ । यो देशको मदिरा श्रेणी अन्तर्गत सबैभन्दा द्रुत बृद्धि हुने उद्योग भएको छ । मदिरा निकासी प्रवद्र्धन गर्न एपिडाले लण्डन वाइन फेयर, २०२२ मा सहभागी हुन देशका १० वटा निर्यातलाई पनि सहजीकरण गरेको छ ।





















प्रतिक्रिया