Logo

कर्पोरेट फोकस

कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजामा विशेष छुट



काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा विशेष छुट पाउने भएका छन् ।

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउनेछन् ।

कुमारी बैंकका ग्राहकले सो होटेलबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटेलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १५% छुट प्राप्त गर्न सकिनेछ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको छ । आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार १७:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।