Logo

कर्पोरेट फोकस

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई अलफ्ट होटलमा छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ठमेलस्थित अलफ्ट होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान दिने सम्झौता भएको हो ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट, ठमेलको नुक, डब्लुएक्सवाइजेड र रिफ्युल रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाडौंको तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंकका १४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार ११:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।