भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन (राइस टान्सप्लान्टर) किसानलाई हस्तान्तरण गरेको छ। लगानीमा ५० प्रतिशत अनुदान सहित वृहस्पति आधुनिक एग्रो फर्मलाई एउटा मेसिन हस्तान्तरण गरिएको हो ।
भरतपुर महानगर २६ स्थित दिव्य नगरमा एक कार्यक्रमकाबीच महानगर प्रमुख रेणु दाहालले उक्त मेसिन एग्रो फर्मलाई हस्तान्तरण गरेकी हुन् । मेसिन हस्तान्तरण गर्दै मेयर दाहाल र उपमेयर ठकुरीले मेसिनद्वारा खेतमा धान रोप्दै मेशिनको उद्घाटन गरेकी हुन् ।
चितवन अन्न उत्पादनका हिसाबले धेरै उर्वर भूमि रहेकाले धान रोप्ने अत्याधुनिक मेसिन किसानलाई हस्तान्तरण गरिएको मेयर दाहालले बताइन् । उनले भनिन् “यो घडीमा किसान नै सबै भन्दा ठुला दानवीर हुन् । किसानले खेती नलगाए आम मानिसको जिविको पार्जनमा समेत समस्या हुन्छ । यसरी किसानका लागि मेशिन उपलब्ध गराउन पाउँदा धेरै नै खुसी लागेको छ ।”





















प्रतिक्रिया