Logo

प्रमुख समाचार

कांग्रेस महामन्त्रीद्वय शर्मा र थापा निर्वाचन आयोग जाँदै

प्रवासी नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराउने



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छन् । आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराइने बताइएकाे छ ।

मंगलबार बिहान ११ बजे निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने समय तय भएको छ ।

विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दा नागरिकले पाएका समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए ।

प्रकाशित मिति : असार ७, २०७९ मंगलबार  ७ : ५१ बजे