Logo

लोकसेवा

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)



काठमाडौं । प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार(आज) सूचना जारी गर्दै चौथो र पाचौँ पदका लागि दरखास्त आह्वान गरेको हो । नेपाल इन्जिनियर सेवा अन्तर्गत तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो।

आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, पाँचौँ र चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको सूचनामा उल्लेख छ। पाँचौँ तहमा ८ र चौथो तहमा ४ जनाका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ। योग्यता पुगेका उम्मेदवारले असार २८ गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ८ : १७ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।