Logo

प्रमुख समाचार

बागमती प्रदेशसभा बैठक आज



हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । 

प्रदेशसभाको दशौं अधिवेशनको २५ औ बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा पाँचवटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

उनले बैठकमा प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, स्थानीय तहको सेवा (गठन तथा सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी अध्यादेश र प्रदेश युवा परिषद्सम्बन्धी अध्यादेश पेस हुने बताएका छन् । 

प्रकाशित मिति : असार २९, २०७९ बुधबार  ९ : ३६ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।