सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र सोमबार अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइएको छ ।
कोरोना भाइरसको खोप लगाउन हिमाल हस्पिटलमा भिड लागेको छ । सोमबार आएको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने छ । यस्तै कोरोनाको भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सञ्चारकर्मी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ ।
नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ ।
प्रतिक्रिया