साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । पछिल्ला समयमा धेरै महिलाहरूमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ ।
यद्यपि, यस महिनाका सबै दिन उत्तिकै महत्वका साथ लिइन्छ । साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृङ्गार सामान चुरापोते व्यापार बढिरहेका छन् । मुहारमा छुट्टै चमक ल्याई मेहेन्दी र चुरा लगाउन साना देखी ठुला उमेर समूहका मानीहरूको भिड लागेको छ ।
प्रतिक्रिया