Logo

अन्तर्राष्ट्रिय

पेलोसीको ताइवान भ्रमणको हल्लाले बेइजिङ क्रुद्ध




न्युयोर्क,

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको हल्लाले चीन क्रुद्ध बनेको छ । सभामुख पेलोसीले आगामी साता ताइवानको भ्रमण गरेमा त्यसले ‘गम्भीर परिणाम’ निम्त्याउने  सोमबार चीनले चेतावनी दिएको छ ।  श्रीमती पेलोसी सन् १९९७ पछि स्वशासित टापुको यात्रा गर्ने उच्च श्रेणीको अमेरिकी राजनीतिज्ञ हुनेछिन् । 

चीनले स्वशासित ताइवानलाई आफूबाट टुक्रिएको एउटा प्रान्तको रूपमा लिँदै पुनः देशको हिस्सा बन्ने विश्वास गर्छ । यो उदेश्य प्राप्तिका लागि उसले सम्भावित बलसमेत प्रयोग गर्ने उसले संकेत गर्दै आएको छ ।  

तर, विदेश मन्त्रालयले श्रीमती पेलोसीले कुनै यात्राको घोषणा नगरेको र ताइवानप्रति अमेरिकी दृष्टिकोण अपरिवर्तित रहेको जनाएको छ ।

पेलोसीले पनि भ्रमणबारे केही भनेकी छैनन् तर ताइवानलाई सहयोग गर्नु महत्वपूर्ण हुने उनले बताउँदै आएकी छिन्  । पेलोसी अप्रिलमा ताइवानको भ्रमण गर्ने योजना बनाएकी थिइन् । तर, कोभिड पोजेटिभ देखिएपछि उनले आफ्नो योजना स्थगित गरेकी थिइन् । 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार ११:०४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।