Logo

प्रवास

माओवादी अध्यक्ष प्रचण्ड जापान जाने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् ।

प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार  आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

 टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगष्ट ७ तारिख हुने कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको उपस्थिति रहने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ०८:०६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।