Logo

लोकसेवा

लोकसेवा विषेश : प्रश्नोत्तर कार्यक्रम (अङ्क–६५)



काठमाडौं । वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।

१. एसएलसीमा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द गरिएको हो ?
उत्तर – विसं २०६२ ।

२. स्थानीय तहमा न्यायिक समिति गठन गर्नेसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?
उत्तर – धारा २१७ ।
(संविधानको धारा २१७ मा कानुनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र पर्ने विवाद निरूपण गर्न गाउँपालिकाले गाउँपालिका उपाध्यक्ष र नगरपालिकाले नगरपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था रहेको साथै समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित दुईजना सदस्य रहने प्रावधान रहेको ।)

३. नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?
उत्तर – उत्तरी गोलाद्र्ध ।

४. नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
उत्तर – चितवन राष्ट्रिय निकुञ्ज

५. नेपालमा वन्यजन्तु सङ्ग्रहालयको स्थापना कहिले र कहाँ गरियो ?
उत्तर – विसं २०६३ जेठ १३, वनविज्ञान अध्ययन संस्थान, हेटौँडा ।

६. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?
उत्तर – सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा) ।
– नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको ।
– यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको । सन्धि अनुमोदन गर्ने नेपाल १०१औँ राष्ट्र भएको ।

७. राणाकालीन समयमा कर्मचारीलाई खुसी पार्न दिइने दस्तुरलाई के भनिन्थ्यो ?
उत्तर – पानफुल ।

८. नेपालमा –याफ्टिङको सुरुवात कहिलेदेखि भएको हो ?
उत्तर – विसं २०२७ ।
(विसं २०३२ देखि व्यावसायिक रूपमा सञ्चालन हुन थालेको ।)

९. एसियाली राष्ट्रहरू जोड्ने ‘आइरन सिल्क रोड’ सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?
उत्तर – सन् २००६ नोभेम्बर १० ।

१०. कानुनी रूपमा जातिपाती छुवाछूतको व्यवस्था अन्त्य गर्ने कानुन कुन हो ?
उत्तर – मुलुकी ऐन–२०२० ।

११. नेपालकै सबैभन्दा ठूलो स्याउ बगैँचा कहाँ स्थापना गरिएको छ ?
उत्तर – जुम्ला (२०७८ वैशाख) ।
– एक लाख ५० हजार वर्गमिटर जग्गामा पूर्वाधारसहितको सुविधासम्पन्न स्याउ बगैँचा निर्माण गरिएको । बगैँचामा एक दिनमा डेढ सयदेखि अढाई सयसम्म कामदारले रोजगारी पाएका ।
– बगैँचामा करिब ३० हजार स्याउका बिरुवा एकैपटक रोप्ने अभियान सुरु गरिएको ।

१२. ‘प्रोक्सिमा बी’ के हो ?
उत्तर – पछिल्लो समयमा वैज्ञानिकद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवम् जीवन अनुकूल रहेको ठानिएको एक ग्रह
(प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

१३. हनुमानढोका दरबार कसले बनाउन लगाएका हुन् ?
उत्तर – प्रताप मल्ल ।

१४. दोक्लाम घटनालाई लिई भारत र चीनबीच उत्पन्न विवाद समाधानका लागि सहमतिपत्रमा कहिले हस्ताक्षर गरिएको हो ?
उत्तर – सन् २०१७ अगस्ट ।

१५. इरानको राष्ट्रपतिमा को निर्वाचित हुनुभएको छ ?
उत्तर – इब्राहिम राइसी (सन् २०२१ जुन)
– इस्लामिक कट्टरपन्थी विचारधाराका पूर्वप्रधानन्यायाधीश राइसी इरानको राष्ट्रपति चयन भएका ।
– इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीको समर्थन प्राप्त राइसीले अत्यधिक मत प्राप्त गरी विजयी बनेका ।
– सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा धेरै राजनीतिक बन्दीलाई मृत्युदण्ड दिनेगरी फैसला गरेको आरोप उनीमाथि रहेको ।

प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार  ५ : ५० बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।