Logo

कर्पोरेट फोकस

टिभिएस दशैँको आशा योजनामा दोस्रो विजेता बने थगुन्ना 



टिभिएस दशैंको आशा योजना अन्तर्गत दोस्रो हप्ताको विजेता हेमा लता थगुन्ना बनेका छन्  । उनले टिभिएस अपाचे आरआर ३१० जितेका छन् ।

यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । “टिभिएस दशैँको आशा” योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरको खसरदमा ७००० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिने छ भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न सकिने छ । 

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि www.tvsnepal.com/Dashain मा गएर फारम भर्नु पर्ने छ । 
जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । 
जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक हो ।

टिभिएस दशैंको आशा योजना अन्तर्गत बालाजुका अमृतजंग सिटौलाले पहिलो हप्ताको टिभिएस अपाचे आरआर ३१० जितेका छन् । 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ११ : ०४ बजे