नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) बैंकका ग्राहकहरुलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको कर्णाली कियर अस्पिटल एण्ड रिसर्च सन्टेरमा विशेष छुट सुविधा पाउने भएका छन् । बैंक र हस्पिटल बीच छुट प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकलाई कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्याविन, डिलक्स रुपममा २५ प्रतिशत छुट, क्याबिन नर्मल, होलबडी चेकअप २० प्रतिशत र सीटी स्क्यान, एक्सरे, युएस जी, ईसीएचओ, डेन्टल र पोस्टअपमा १० प्रतिशत छुट पाउने छन् । त्यस्तै प्याथोलोजी सेवामा ५ प्रतिशत र अपरेशन चार्जमा १ प्रतिशत छुट प्राप्त गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।ली।मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।ली। कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उप–निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लीमा छुट सुविधा पाउने छन् ।
एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।




















प्रतिक्रिया