Logo

अर्थ

सिद्धार्थ बैंकमा सेयर भर्दा पैसा नलाग्ने



काठमाडौं । सिद्धार्थ बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि यो बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहले धमाधम यसलाई निःशुल्क गर्न थालेका हुन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार ११:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।