Logo

कर्पोरेट फोकस

सेबोनमा जागिर खुल्यो, २३ जनालाई अवसर



काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न पदमा दरखास्त खुलाइएको छ ।

सेबोनमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाइएको हो । जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदमा २३ जनालाई जागिर खुलाइएको छ ।

सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ ।

इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ ।

प्रकाशित मिति : आश्विन २८, २०७९ शुक्रबार  ९ : ३६ बजे