Logo

आजको तस्बिर

‘के माया लाग्छ र’ गीत सर्वाधिक हिट भयो , तर सुरविना कार्की…?



केही महिना अगाडि एउटा गीत सर्वाधिक चल्यो । निशान भट्टराई र एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बोलको गीत सर्वाधिक हिट भयो । यो गीतले चर्चा पाइरहँदा मिडियामा यो गीतको भिडियोमा काम गरेकी नायिका सुरविना कार्की अन्रवार्ताका लागि दौडधुप गरिन् ।

1562756053.IMG_6728.jpg

सुरविनालाई अपेक्षा थियो, यो गीत चलेपछि म्यूजिक भिडियोमा उनको माग खुबै बढ्नेछ । यो गीतपछि नेपालमा सय भन्दा बढी म्यूजिक भिडियो रिलिज भैसकेका छन् । तर, सुरविना भिडियोमा देखिएकी छैनन् । यसले गीत चलेपनि उनलाई भने खासै फाइदा नभएको वुझ्न सकिन्छ । एउटा गीत चलेपछि मोडल, गायक–गायिकादेखि सो गीतसँग आवद्ध हरेक व्यक्ति व्यस्त हुने गर्छन् । तर, चलचित्रमा बोल्ड छवि बनाएकी यी सुन्दरीको व्यस्तता खासै देखिएन ।

54277266_2283086508617002_7620943210032593626_n.jpg

नेपाली चलचित्रमा पनि आशातित सफलता नपाएपछि मुम्बई पुगेर अभिनय सिकेकी सुरविना अहिले नेपालमै छिन् । मुम्बइमै रहेर फोटोसुट गर्दै आएकी उनी राम्रो चलचित्रको अफर नआउँदा काम गर्न नसकेको बताउँछिन् । करिअरको सुरुवातमा उनले काम गरेका केही चलचित्रले उनलाई नराम्रोसँग झट्का दिएका थिए । जसलेगर्दा, आज पनि उनलाई चलचित्रमा काम पाउन समस्या भैरहेको छ ।

53490961_265020417734905_7221218972548481306_n.jpg

सुरविना अब भने दर्शकको मन जित्ने चलचित्रको अफर आउँदा मात्र काम गर्ने बताउँछिन् । आज आफ्नो जन्मदिन मनाइरहेकी यी सुन्दरी करिअरमा सुखद विन्दु आउनेमा आशातित छिन् ।

सुरविनालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

surabina_karki_1514737159_1443504513.jpg

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १४:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।