Logo

प्रमुख समाचार

एमालेका कारण राष्ट्रियता खतरामा : विमलेन्द्र निधि



सर्लाही । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेको भन्दै मंसिर ४ को चुनावमा पाँच दलीय सत्तागठबन्धनलाई मतदान गर्न आह्वान गरेका छन् ।

नेपाली कांग्रेस सप्तरीद्धारा पचगाछीद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधिले यस्तो आह्वान गरेका हुन् । एमाले नेतृत्वलाई प्रश्न गर्दै उनले भने कुनै मधेशीबाट राष्ट्रियता खतरामा छ ?

नागरिकता बिहीन ७ लाख नेपालीलाई नागरिकता दिलाउन कांग्रेसले अघि बढाएको नागरिकता सम्बन्धी कानुन एमालेकै कारण अघि बढ्न नसकेको नेता निधिको भनाई थियो । संसदले पारित गराएर पठाएको नागरिकता बिधेयक एमालेको उक्साहटमा राष्ट्रपतिले रोकेको भन्दै उनले ४ मंसिरको चुनाबपछि राष्ट्रपति फेरेर भए पनि नागरिकता बिधेयक स्वीकृत गराउने बिश्वास दिलाए ।

सर्लाही क्षेत्र नं ३ प्रदेश सभा ख का उम्मेदवार हरेश महतोले सत्तागठबन्धनले जितेमात्र मधेशी जनताको अधिकार संरक्षण हुने बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १०:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।