Logo

अर्थ

सेयरबजारमा हरियाली, ९४ करोडमाथिको कारोबार



काठमाडौं । साताको दोस्रो दिन (सोमबार)  सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २१.२६ अंकले बढेर १९०४.४३ बिन्दुमा रोकिएको छ ।

यसदिन ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.५० अंकले बढेर ३७५.०३ बिन्दुमा रोकिएको छ ।

कारोबार अवधिभर २२६ कम्पनीको २४ लाख ५२ हजार ०८४ कित्ता सेयर  ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँमा किनबेच भएको छ । आईतवार ७७ करोड ४९ लाख ९६ हजार ७०६ रुपैयाँमा कायम भएको छ।

यसदिन १३ वटै सूचकमा हरियाली छाएको छ । कारोबारमा आएका कम्पनीहरु मध्ये १४८ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ३१ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १५:५२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।