रामेछापमा सत्ता गठबन्धनका उम्मेदवार कान्छारामले अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका पूर्णबहादुरले तामाङ ‘कान्छाराम’ १२ सय २५ मतसहित अगाडि छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कैलाश प्रसाद ढुंगेलले ६८७ मत ल्याएका छन् ।
गएराति साढे ९ बजेबाट रामेछापमा मतगणना सुरु गरिएको थियो । अहिलेसम्म २ हजार ३ सय २३ मत गणना सकिएको छ । प्रदेशसभा ‘क’ तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले ७२४ मत ल्याएका छन् ।
नेकपा (एमाले) का शान्तिप्रसाद पौडेलले ६५० मत ल्याएका छन् । प्रदेशसभाा तर्फ १७ सय ७३ मत गणना सकिएको छ । प्रदेश सभामा राप्रपाका उम्मेदवारले २४३ मत पाएका छन् ।





















प्रतिक्रिया