Logo

अनलाइनपाना खोज

किन ओलीलाई कसैले हराउन सक्दैन झापामा ?



पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली परिचय दिनुपर्ने नेता होइनन् । उनी सधैँ मिडियाको मुख्य स्थानमा हुन्छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा अध्यक्ष ओली ‘मिडियाको फोकस’मा छन् । उनीले मत गणनामा सधैँ लिड गरिरहे । यो समाचार तयार पार्दा उनी झन्डै डबल मतान्तरले अगाडी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २२ हजार नपुर्याउँदै अध्यक्ष ओलीले ४४ हजार कटाएका छन् । 

चासोका साथ हेरिरहिएको यो निर्वाचन परिणामसँगै झापाबाट देशले सिक्नु पर्ने केही बुँदा भेटिए । धेरैले ‘ओलीको दम्भका कारण ओली साइजमा आउँछ’ भन्ने आलोचना समेत गरे । तर परिणाममा सबैभन्दा बढी मतान्तरले लिड गर्ने ओली देशकै एक मात्र उम्मेदवार बने । अब प्रश्न आउँछ, ‘ओली कसरी सगरमाथा भए ?’

ओलीको प्रभाव

०५६को निर्वाचन बाहेक ओलीले आफ्नो उचाइ बराबरको नेतासँग चुनाव लड्नु परेकै छैन । नेपाली काँग्रेसका राज्यमन्त्री भइसकेका केशव कुमार बुढाथोकीसँग चुनाव लड्दा ओलीको उचाइ उनी बराबर थिएन । तर, परिणाम ओलीको पक्षमा आयो । ‘ह्याबी वेयट’ नेता बुढाथोकी भन्दा कमजोर थिए ओली । २०५१ सालमै गृहमन्त्री बनिसकेका ओली उनी भन्दा राजनीतिक कद उँचो भएका बुढाथोकीलाई हराइदिए । त्यसपछि ओलीले पछाडि फर्केर हेर्नु परेन । उनले क्रमशः आफ्नो उचाइ बढाउँदै लगे । 

यस पटकको निर्वाचनमा उनीसँग अघिल्लो चुनावमा समेत दोहोरिएका काँग्रेसका अधिकारी भिडेका छन् । दुवै चुनावमा ओलीले आफ्नो उचाइ र दम्भको आडमा अधिकारीलाई पुड्को बनाइदिएका छन् । 

भारतले गरेको नाकाबन्दी पछि ओलीले आफ्नो दम्भ मात्र पुष्टि गरेनन्, स्वाभिमानको कुरा उठ्दा उनीबाट नाम सुरु हुने स्थिति बनाइदिए । पछि चुच्चे नक्सा थपेर उनको देशभक्त बिर्सन दिएनन् । नेकपा एमालेको अहिलेसम्मकै सबैभन्दा दम्भ भएको नेता र हिट नेता उनी नै मात्र भए । सँगसँगै उनले आफूलाई भिडको मनोविज्ञान बुझ्न सक्ने नेताका रूपमा विकास गरे । उनी ‘मास लिडर’ भए । 

झन्, झापा त उनको गृह जिल्ला । ओली जहाँ उभिए, भिड त्यहीँ देखियो । 

धेरैले ‘ओलीको दम्भका कारण ओली साइजमा आउँछ’ भन्ने आलोचना समेत गरे । तर परिणाममा सबैभन्दा बढी मतान्तरले लिड गर्ने ओली देशकै एक मात्र उम्मेदवार बने । अब प्रश्न आउँछ, ‘ओली कसरी सगरमाथा भए ?’

आलोचनाको सकारात्मक प्रभाव 

आलोचकहरू सधैँ ओली विरुद्ध बोल्नु पर्दा ‘देशको बजेट झापामा’ भन्ने मसला छुटाउँदैनन् । ओलीले देशमा हेर्नु हुने र गर्न सकिने धेरै ठाउँ हुँदा हुँदै मदन भण्डारी स्टेडियम, औद्योगिक क्षेत्र, चिल्ड्रेन प्याराडाइज, बहुतले बसपार्क, देशकै ठूलो बजेटमा भ्यू टावर लगायत योजना झापाको दमक पुर्याए । चुनावमा यही आलोचनाको ब्याज खाए ओलीले । 

त्यसो त देशमा जति सुकै आलोचना भए पनि आफ्नो भूगोलमा केही गरेपछि मात्र उठ्न सकिन्छ भन्ने ओलीले भर्खर सिकेका हुन् । माओवादीको लहर चलेका बेला उनलाई विश्वदिप लिङ्देनले यही पृष्ठभूमिमा टेकेर हराएका थिए । लिङ्देन ओलीलाई हराउने एक मात्र उम्मेदवार हुन्, तर उनी आफै हराए । माओवादीबाट ओली हराउने नाम बनाएका लिङ्देन पछिल्लो समय काँग्रेसमा छन् । जसको प्रत्यक्ष–अप्रत्यक्ष फाइदा लिए ओलीले । 

ओली आफै धेरै बजेट दमकमा पारेको भन्दै त हिँडेनन्, तर कार्यकतालाई सजिलो गीत यही बन्यो । यति सजिलो कि, जनताले गुन्गुनाए पनि । भनिन्छ, ‘सकारात्मक विज्ञापन भन्दा नकारात्मक हल्ला छिटो फैलिन्छ ।’ भयो त्यही, ओलीले नकारात्मक हल्लालाई सबैभन्दा ठूलो हतियार बनाए । 

अन्य निर्वाचित सांसद जनस्तरमा नपुग्नु

थोरैलाई थाहा छ झापाबाट ओली बाहेक उनको क्षेत्रबाट अन्य दुई जना सांसद पनि थिए । २०५६मा  ओली झापाका दुई क्षेत्रबाट उठेका थिए, क्षेत्र नम्बर २ र ५ । दुवै क्षेत्रमा ओली विजयी भए । ओली दुवै क्षेत्रबाट विजयी भएपछि उनले रोजे क्षेत्र नम्बर २ । ५ मा पुन निर्वाचन भयो, त्यहाँबाट नेपाली काँग्रेसका गोपाल कोइराला विजयी भए । ०६४ मा माओवादी लहरका बेला ओलीलाई पराजय गराएर विश्व दिप विजयी भए । 

यी दुवै नेताले जनताले महसुस गर्न सक्ने केही गरेनन् । जसको सोझो फाइदा धेरै काम गरेका ओलीले लिए । 

ओलीका प्रतिस्पर्धी कि कमजोर कि अस्थायी

ओलीले झापाबाट चुनाव लड्न थालेको २५ वर्ष पुग्यो । यो बिचमा ६ वटा निर्वाचन–उप निर्वाचन भए । ओलीले सबै चुनाव जितिरहेका छन्, एउटा बाहेक । सबै चुनावमा ओलीका प्रतिस्पर्धी फेरिन्छन् । अहिले लडेका अधिकारी दोहोरिएर आए । अन्य प्रतिस्पर्धीसँग ओलीको आमनेसामने एक पटक मात्र हुन्छ । 

ओली काँग्रेसका बुढाथोकीसँग लड्दा मात्र आफू बराबर वा आफूभन्दा उँचो नेतासँग चुनावी मैदानमा थिए । यसबाहेक ओलीले कहिल्यै उनलाई टक्कर दिन सक्ने नेतासँग लड्नु परेको छैन । यसो भन्दै गर्दा माओवादी लहर अपवाद हो भुल्नु हुँदैन । जसको फाइदा ओलीले लिइरहेका छन् । 

ओलीको पृष्ठभूमि

ओली नेपालको ऐतिहासिक झापा विद्रोहबाट जन्मेका नेता हुन् । उनका सहयोद्धा सिपी मैनाली, आरके मैनाली लगायतले ‘ट्रयाक’ फेरे । ओली बाहेक दुर्गा अधिकारी दाजुभाई राजनीतिमा सक्रिय छैनन्, रोटीको संघर्षमा छन् । अन्य केही झापा आन्दोलनका जीवित सिपाही दाल र डुकुको लागि संघर्ष गरिरहेका छन् । रहे एक्ला योद्धा ओली उनी नेपालकै ठूलो दलको नेतृत्व गरिरहेका छन् । 

जुन भूगोलबाट उनी जन्मिए त्यही भूगोलकै मतले सगरमाथा भए । त्यति मात्र होइन आफ्नो क्षेत्रमा उनले ‘म गर्छु’ मात्र भनिदिए भने मतदाताले आँखा चिम्लिएर विश्वास गर्न सक्ने भए । त्यसमा पनि झापा, ओलीको मिठो शैली । सधैँ पर्दामा देखिइरहने । धेर–थोर झापालीको दुःखमा महसुस हुन सक्ने नेता  । जसले ओलीलाई पराजय भोग्न दिँदैन । 

एमालेको सङ्गठन

जति माओवादी पश्चिममा बलियो छ, त्यो भन्दा धेरै बलियो एमाले पूर्वमा छ । यो यस कारण पनि एमालेको उद्गम स्थल मध्ये झापा प्रमुख हो । त्यसमा पनि ओलीले आफ्नो क्षेत्रमा मत घट्न दिएनन्, बरु एमाले पहिलो दल बनाए । अंकगणितमा पनि एमाले पहिलो । केही गर्न सक्नेमा पनि एमाले पहिलो । ओलीले जति मिठो शैलीमा मिडियामा तुक्का सुनाए, उति नै महसुस गर्न सक्ने काम उनको क्षेत्रमा गरे ।

यस पटकको निर्वाचनमा उनको क्षेत्रको दोस्रो दल राप्रपाको पनि समर्थन उनै ओलीले लिए । राप्रपाले उति बेफाइदा गरेको देखिएन, जति माओवादीलाई काँग्रेसले गरेको पाइयो । 

ओलीले संसदभंग गरेको विषयलाई लिएर आलोचकहरुले ओलीको बदनाम गर्ने प्रयास गरेको पाइन्छ । जब सम्माननिय अदालतले समेत ओलीको कदम गलत भएको ठहर ग¥यो, त्यसपछि त आलोचकहरू दुईबाट चार हुँदै बजारभरि नै फिँजिए । विश्लेषकहरूले यसको असर चुनावमा देखिने अनुमान गरेका थिए । तर, चुनौती चिर्दै ओली फेरी पनि सफल देखिए । 

  • याे पनि…

गठबन्धनलाई साढे २८ हजार बढी मतले पछि पार्दै झापा–५ मा ओली विजयी

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ३ : १८ बजे

363
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।