लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ । कूल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनको जमानत जफत भएको हो ।
पर्सा-१ मा ४८ हजार ५ सय २६ मत सदर भएको थियो । कर्णले ११ सय १७ मत मात्रै ल्याएका हुन् । उनी त्यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए ।
कर्णसहित १९ जनाको जमानत जफत भएको छ ।
पर्सा-१ मा जनता समाजवादीका प्रदीप यादव २२ हजार ५ सय ३७ मतका साथ विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन् । कांग्रेस नेता द्विवेदीले बागी उम्मेदवारी दिएका हुन् ।
प्रतिक्रिया