काठमाडौं । काठमाडौं ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक खराव कर्जाका कारण समस्याग्रस्थ अबस्थातिर धकेलिएको छ । बैंकले समस्या ढाकछोप गर्नका लागि खराव कर्जा लुकाउँदै आएको छ । खराव कर्जा लुकाउने बैंकको नीति यसपटक भने छताछुल्ल भएको छ ।
खराव कर्जाकै कारण बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण दयनीय अबस्थामा पुगेको छ । बैंकले देखाएको रिपोर्टलाई आधार मान्दा पनि बैंकको खराब कर्जाको अनुपात ३.४० प्रतिशत देखिन्छ । तर यो अनुपातमा बैंकले केही प्रतिशत खराव कर्जा लुकाएको छ ।
स्रोतका अनुसार मृत्यू भएका नागरिकका नाममा कर्जा दिएको डकुमेन्ट बनाएर बैंकका अध्यक्ष र उच्च तहका व्यक्तिले कर्जाको चरम दुरुपयोग गरेको आसंका गरिएको छ । बैंकको वार्षिकी प्रतिबेदन अनुसार सबै सूचांकहरुले बैंक धरासायी हुँदै गएको देखाउँछ । हाल प्रति सेयर आम्दानी (ईपीएस) ८०.०४ प्रतिशतले घटेर ५.२९ रुपैयाँमा झरेको छ ।
अघिल्लो वर्ष ईपीएस २६.५१ रुपैयाँ रहेको थियो । अध्यक्ष र सिइओको असफलताकै कारण यस आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकको नाफामा ७६.३५ प्रतिशतले गिरावट आएको छ । जसअनुसार हाल उक्त बैंकले ४ करोड १५ लाख नाफा गरेको जनाएको छ ।
खराव कर्जा लुकाएर आम्दानी देखाइएको बुझिएको छ । बैंकमा डिसहोम नेटवर्कसँग जोडिएका व्यापारी सुदीप आचार्य अध्यक्ष तथा प्रविन बस्नेत सिइओ रकेका छन् । (अर्को रिपोर्टमा बैंकको बदमासीको नालीवेली प्रकाशित गरिने छ ।)





















प्रतिक्रिया