गत बर्ष इजिप्टमा सम्पन्न ‘टिभी स्टार्ट मिनी मोडल वल्ड २०१९’ मा मिनी मोडल वल्डको क्राउन सँगै बेष्ट डान्सर अवार्ड जित्न नेपालकी सफल बाल कलाकार प्रिन्शा खड्काले यसपटक पनि त्यस्तै एउटा अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागीता जनाएकी छिन ।
७ बर्षीया प्रिन्शाले ‘प्रिन्स एण्ड प्रिन्सेस वल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाएकी हुन । उनको इन्ट्रो भिडियो समेत सार्वजनिक भएको छ । ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ बनेर विश्व मिनि मोडल समेत प्राप्त गरेकी प्रिन्शा रुकुम निवासी हुन ।
हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीको कारगिल भाग २ म्युजिक भिडियोमा बाल कलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकि छिन । यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारको रुपमा अभिनय गरेकी प्रिन्शालाई म्युजिक भिडियो बजारमा माग समेत बढेको छ।
म्युजिक भिडियोमा बालकलाकारको रुपमा अभिनयको लागि धेरै ठाउँबाट प्रस्ताव आएको तर पढाइलाई मध्यनजर गर्दै उक्त प्रस्तावहरु निरन्तरता दिन नसकेको पारिवारिक स्रोत बताउछ ।
यस पटक पनि यो प्रतियोगितामा प्रिन्साले सफलता हात पार्ने अपेक्षा रहेको बुवा ऋषिराम खड्का बताउछन् । विश्व महामारीले गर्दा यसपटकको प्रोग्राम अनलाइन बाट हो, मेहनत राम्रैँ छ, आशा गरौ छोरीले नेपालको नाम यसपटक पनि राख्ने छिन् बुवा ऋषिले बताए ।
छोरीको सम्पुर्ण कला, सृजनाको व्यवस्थापन तथा निर्देशन देखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका छन् भने मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले यस कार्यक्रमको कोर्डिनेट गरेको छ । पढाइमा पनि उत्तिकै मेहनति प्रिन्शाले यस पटक अनलाइन मार्फत आफ्नो कला प्रस्तुत गर्नेछिन ।
प्रतिक्रिया