Logo

लोकसेवा

वीरगञ्ज महानगरले हटायो ४५० कर्मचारी



काठमाडौँ । वीरगञ्ज महानगरले दैनिक ज्यालादारीका कर्मचारीलाई सेवाबाट हटाएको छ ।

बिहीबार महानगरले एक सूचना जारी गर्दै कार्यालय र यसअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालामा कार्यरत कर्मचारीलाई आजदेखि सेवाबाट हटाइएको जनाएको छ ।

महानगरको नगर कार्यापालिकाको मंसिर २६ गतेको निर्णयअनुसार महानगरको कार्यालय, यस मातहतका सबै वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत वारुणयन्त्र शाखा र नगर प्रहरीबाहेक अरू सबै कर्मचारीलाई पुस १ गतेबाट लागू हुने गरी ज्यालादारी सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।

गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरू आएपछि महानगरले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढी कर्मचारीलाई नियुक्त गरेको थियो ।

महानगरका प्रशासन महाशाखा प्रमुख राम कुमार कुशवाहाले लक्षित काम सकिएसँगै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको समयावधि नथपिएको बताए ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १४:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।