Logo

प्रमुख समाचार

लामिछानेले गरे विदेशमा रहेका नेपालीलाई आकर्षक तलब अफर



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई आकर्षक तलबसहित आफूले विमानस्थलमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।

चितवनमा बसेर काम गर्न तयार व्यक्तिलाई सीईओका रुपमा भित्र्याउन तयार रहेको उनले बताएका छन् ।

“यो देशमा मान्छे बाकसमा मात्र फर्किनुपर्छ भन्ने छैन । विदेशमा रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वेदशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ । हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत सीईओ भएर विकास, सुशासन, व्यवस्थापनलगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित म एयरपोर्टमा स्वागत गर्न तयार छु ।

कति बाकसमा मात्रै फर्किने ? अब आकर्षक जागिरका लागि श्वास र आस लिएर नेपाल आउने नि, हैन त ? सुरुवात एकजनाबाट, थप योजना सार्वजनिक गर्दै जाउँला । आफ्नो सीभी मलाई पठाउनुहोला । म तपाईँलाई लिन आफैं एयरपोर्ट आउँछु,” लामिछानेले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रकाशित मिति : पुष ९, २०७९ शनिबार  ८ : ०२ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।