मुलुकमा भर्खरै आमनिर्वाचन सम्पन्न भएर नयां जनादेश आइसकेको छ । जनादेशको अवमूल्यन हुनेगरी गठबन्धनमा रहेका दलले सरकार बनाउने हर्कत गरे पनि त्यसले गति लिन सकेको देखिंदैन । दलहरूले गठबन्धन गरेर सरकार बनाउने भएकाले त्यस्तो सरकारबाट खासै प्रभावकारी काम हुन सक्छ भन्ने आशा गर्न सकिंदैन ।
अझै पुरानै दल र पुरानै नेतृत्वबाट त मुलुकको विकास, समृद्धि र सुशासनमा महत्वपूर्ण काम होला भनेर कुनै आशा गर्ने ठाउं नै छैन । यद्यपि, जनताले यसपटक दललाई सच्चिएर अघि बढ्नुपर्ने म्यान्डेट दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उदय अहिलेका दललाई वार्निङ हो । यसरी वार्निङ गर्दा पनि दलहरू नसच्चिएर उस्तै किसिमको कुशासन मच्चाउने हो भने अब यी दल र तिनका नेतालाई इतिहासमा खोज्नुपर्ने दिन पनि आउन सक्छ ।
हालका शासकको गलत रवैया र जनतालाई पटक पटक घात गर्ने प्रवृत्तिका कारण जनताहरू वाक्क दिक्क छन् । त्यहीं वाक्क दिक्क हुँदाको परिणामस्वरूप जनताले विकल्पका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अघि बढाएका हुन् । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीले केही सहरी क्षेत्रमा मात्रै आफ्नो उपस्थिति देखाउन सकेको छ । यसले ग्रामीण क्षेत्रमा आफ्नो उपस्थिति खासै देखाउन सकेको छैन । यसले पनि के संकेत गर्छ भने जनताले पुरानै दल र तिनका नेतालाई सच्चिने मौका दिएका छन् ।
मुलुकमा सरकार बनाउने खेल सुरु भइरहँदा विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दललाई संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बनाउन दिएको एकसाताको अवधि आइतबार सकिंदै छ तर, पनि यस अवधिमा सरकार गठनका पहलहरू खासै हुन सकेनन् । हामीकहां राजनीतिलाई अनेक सम्भावनाको खेलका रूपमा लिँदै आइएको छ । तर, राजनीति सधैं देश र जनताको हितमा हुनुपर्छ ।
देश र जनताको हितमा हुने राजनीति सधैं सिधा रेखामा अघि बढ्छ । तर, विडम्बना हामीकहाँ राजनीति दल र तिनका नेताको स्वार्थ सिद्ध गर्ने हतियार बनाइंदा राजनीति विकृतसमेत बन्दै आइरहेको छ । मुलुकमा यस्तै कार्य र कर्म गर्दै जांदा नेताहरु विछन्न भएकौ स्पष्ट छ ।
विभिन्न दलहरु उत्पन्न हुने क्रम पनि जारी छ । तर, नेताहरु एकताको मालामा गांसिन चाहेनन् र एउटै पार्टी बनाएर विचारमात्र फरक भएपनि निष्कर्ष निकाली आखिरी देश र जनताका लागि मुख्य निर्णय हुनु नै एक भए फरक के पर्ला र ? हामीले उत्कृष्ट किसिमको राजनीतिक व्यवस्था अवलम्बन गरेका छौं, गणतन्त्र । जहाँ कुनै पनि व्यक्ति कानुनमाथि हुँदैन । सबै बराबर हुन्छन् ।
शासकले पनि जनताको हितमा समर्पित भएर काम गर्छन् । तर, विडम्बना हामीकहाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गर्नेहरूले यो शासन व्यवस्थाले आत्मसात गरेका मूल्य र मान्यतालाई स्विकार्न नसक्दा जनताका आशा, चाहना र भरोसामाथि तुषारापात हुँदै आएको छ । सायद त्यसै भएर पनि होला अहिले नयाँ सरकार गठन हुने बेलामा पनि जनतालाई खासै चासो र रुचि देखिंदैन ।
सम्भावित प्रधानमन्त्रीका लागि चर्चा भएका प्रायः सबै व्यक्तिहरू विगतमा प्रयोग भएर असफल सावित भइसकेका हुन् । त्यसैले जोसुकै आए पनि उनीहरूले देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्ने अवस्था जेखिँदैन । यस्तै अवस्था लामो समयसम्म रहिरहेमा हालका प्रमुख दल र तिनका नेताप्रति जनतामा व्यापक वितृष्णा र घृणा जाग्ने भएकाले पनि त्यस्तो
अवस्था आउन नदिन प्रमुख राजनीतिक दल र तिनका नेताहरू पूर्णरूपमा सच्चिनुको विकल्प छैन । नेता सच्चिनुभन्दा पहिले नेपाली जनता नै सोच्नु पर्ने भएको छ ।
नेपाली जनता साच्चिकै जनता जनार्दन भएर नै होला कि जनता एकता नभएर होला राजनीति पनि एकता हुन नसकेको खोई बुभ्mन अति गाह्रो विषय हुन पुगेको छ । सबै राजनीति दलहरुको एउटै उद्देश्य तथा एजेण्डा एउटै बनाउन सके र देश र जनताका लागिमात्र भन्ने मेरा सेवाको राजनीति सोच कुनै फरक नपर्ने थियो कि ।
अर्को सबै दल र नेताले म मरेर के लान्छु र भन्ने अर्को मुल मन्त्र सधैंसदा मनमा लिने हो भने साच्चिकै सबै दलका राजीति नेताहरु एकै दल र एकैसाथ भएर मुलुकको विकास गर्न कुनै पनि समय नलाग्ने पक्कापक्की हो तर, त्यो कसैले पनि नसोचेर यस्ता भएको हो।





















प्रतिक्रिया