Logo

प्रमुख समाचार

मधेश प्रदेशमा जसपाले आज संसदीय दलको नेता छान्दै



जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ ।

आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लाल किशोर साहले बताए ।

जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन् ।

राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत दलका नेता चयन गर्न लागिएको हो । मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन् ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार ०९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।