नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले बुधबारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंकले मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेका हुन् ।
दुवै बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर भएको हो । योसँगै अब मेगा बैंकमा १०० कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर पाउनेछन् ।
मर्जरपछि बैंकको कुल चुक्ता पूँजी करिब ३५ अर्ब पुग्नेछ । त्यस्तै, जगेडा कोषमा पनि १९ अर्ब ७५ करोड रुपैयाँ रहनेछ भने निक्षेप संकलन साढे ३ खर्ब र कर्जा लगानी सवा तीन खर्ब पुग्ने भएको छ ।
मर्जरपछि बन्ने नयाँ (नेपाल इन्भेष्टमेन्ट मेगा) बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे रहनेछन् भने सञ्चालक नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाल बन्नेछन् । त्यस्तै, मेगा बैंकबाट गोपाल खनाल, मुक्तराम पाण्डेय र मदन कुमार आचार्य सञ्चालकमा रहने सहमति भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले एकजना सञ्चालकको टुँगो लगाउन बाँकी छ ।
मर्जरपछि बैंकको सीईओमा ज्योतिप्रकास पाडे रहनेछन् भने वरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृतको भूमिका मेगा बैंकले पाउने छ ।




















प्रतिक्रिया